मन्त्रीहरुको राजिनामा : सहि कदम या गलत ?

<span class='c1'>मन्त्रीहरुको राजिनामा : सहि</span> <span class='c2'>कदम या गलत ?</span>

स्वस्तिका भट्टराई
विराटनगर । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारका ४ जना मन्त्रीले चुनावको माहोल तातिएसँगै राजीनामा दिएका छन् । अन्तरिम सरकारका मन्त्रीहरुको राजिनामासँगै मन्त्रिमण्डल ११ जनामा सिमित भएको छ । निष्पक्ष संसदीय निर्वाचन सम्पन्न गर्ने उदेश्यका साथ भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो । पहिलो महिला प्रधान प्रधानन्यायाधीश बनेकी सुशिला कार्की भदौ २३ र २४ गतेको आन्दोलन पछि रोजिएकी प्रधानमन्त्री बनेकी हुन् । उनि नेपालको इतिहासकै पहिलो महिला प्रधानमन्त्री पनि हुन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा सरकारका चार प्रभावशाली मन्त्रीहरूले पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिने निर्णय गरेका छन् । निवर्तमान ऊर्जा मन्त्री कुलमान घिसिङ्ले उज्यालो नेपाल पार्टीको नेतृत्व गर्दै काठमाडौं–३ बाट उम्मेदवारी दिएका छन्। त्यस्तै निवर्तमान सुचना सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले ललितपुर २ को प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्न राजीनामा दिएका हुन्। साथै निवर्तमान खेलकुद मन्त्री बब्लु गुप्ताले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नै सिरहा १ मा चुनाव लड़ले तयारी गरेका छन् । अर्का निवर्तमान शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् ।

मन्त्रिहरुको राजिनामापछि केहि सरोकारवालाहरुले सामाजिक संजालमार्फत अन्तरिम सरकारको आलोचना गरेका छन् । पहिले ‘हामी चुनाव लड्दैनौँ’ भनेर कुर्सीमा बसेका मन्त्रीहरू नै अहिले चुनावमा उठ्न थालेपछि ‘के यो पदलाई चर्चा बटुल्ने भर्‍याङ मात्र बनाइएको हो ?’ भन्दै कतिपयले आलोचना गरेका छन्। कतिपयले भने अब शिक्षित र पढेलेखेका नेता आउने भए र यो समझदारीपूर्ण कदम भएको भन्दैै समर्थन समेत जनाएका छन् ।

प्रधानमन्त्री कार्कीले यस अघि आफ्ना मन्त्रीहरु चुनावमा नउठ्ने भनेर सार्वजनिक प्रतिवद्धता जनाए पनि मान्त्रिहरुको यो कदमले आलोचनाका साथै चुनावी माहोल समेत तताएको छ । यद्यपी अन्तरिम सरकार निर्वाचन प्रयोजनार्थ गठित सरकारका मन्त्रीले धमाधम राजीनामा दिएर उमेदवारी दर्ता गर्दा जेनजी आन्दोलन, त्यसको मर्म र मुद्दामा समेत कतिपय आशंका गर्ने ठाउँ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्