विराटनगरमा सुजुकीअटो प्यालेसले ल्यायो सुजुकीको ‘भिक्टोरिस’ गाडी

<span class='c1'>विराटनगरमा सुजुकीअटो प्यालेसले ल्यायो</span> <span class='c2'>सुजुकीको ‘भिक्टोरिस’ गाडी</span>

विराटनगर । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता अटो प्यालेसले आफ्नो अहिलेसम्मकै सबैभन्दा धेरै फिचरयुक्त नयाँ मोडेल ‘भिक्टोरिस’ विराटनगरमा सार्वजनिक गरेको छ । बुधबार विराटनगरमा आयोजित एक विशेष समारोहका बीच उक्त गाडीको औपचारिक बिक्री वितरण सुरु गरिएको हो ।


नयाँ गाडीको सार्वजनिककरण कार्यक्रममा अटो प्यालेसका निर्देशक राजेश भट्टराईकी १०५ वर्षीया हजुरआमा रोमन कुमारी भट्टराईले रिबन काटेर गाडीको शुभारम्भ गरेकी थिइन् । पारिवारिक र आत्मीय वातावरणमा गरिएको यो फरक शैलीको उद्घाटनले कार्यक्रममा विशेष रौनक थपेको थियो ।
भविष्यमुखी डिजाइन, विलासी आराम र इन्टेलिजेन्ट प्रविधिको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत गरिएको यो गाडीले आधुनिक ग्राहकको आवश्यकतालाई पूर्ण रूपमा सम्बोधन गर्ने कम्पनीको विश्वास छ । नयाँ भिक्टोरिसमा बलियो हाइब्रिड र १०५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनका विकल्पहरू उपलब्ध छन् । यो गाडी म्यानुअल र अटोमेटिक (स्वचालित) दुवै ट्रान्समिसनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


सुरक्षाका दृष्टिले यसमा अत्याधुनिक ‘रोड अवेयरनेस टेक्नोलोजी’, एड्भान्स्ड सेफ्टी सिस्टम, मल्टिपल एयरब्याग, स्टेबिलिटी कन्ट्रोल र स्मार्ट ड्राइभ असिस्ट जस्ता विशेषताहरू समावेश गरिएका छन्, जसले यात्रालाई अझ सुरक्षित र भरपर्दो बनाउनेछ ।

 

ग्राहकको आरामलाई प्राथमिकता दिँदै गाडीमा प्रिमियम इन्टेरियर, स्मार्ट इन्फोटेनमेन्ट सिस्टम, कनेक्टेड कार फिचर, आरामदायी सिट, प्रशस्त लेगरूम र लक्जरी फिनिसिङ दिइएको छ । शक्तिशाली पावरट्रेन र स्मार्ट हाइब्रिड प्रविधिका कारण यसले इन्धन बचत गर्नुका साथै वातावरणमैत्री ड्राइभिङ अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ ।

अन्तर्राष्ट्रिय स्तरमा गुणस्तर पुष्टि गरिसकेको यो गाडीको नेपालका लागि लन्चिङ अफर मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
अटो प्यालेसका निर्देशक राजेश भट्टराईका अनुसार सीमित अवधिका लागि पहिलो बुकिङमा २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस समेत उपलब्ध गराइनेछ । विराटनगर र आसपासका क्षेत्रका ग्राहकहरूका लागि यो गाडी लक्जरी र प्रविधिको नयाँ गन्तव्य हुने कम्पनीको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्