विराटनगर । मोरङको क्षेत्र न ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उम्मेदवारीको नाम सिफारिसमा चरम विवाद भएपछि सोही पार्टीका युवा नेता प्रमोद मण्डलले उम्मेदवारको नाम वहिस्कार गर्दै पाटीका प्रवक्ता मनिस झाकोे तस्वीरमा कालो मसि छ्पेका छन् ।
रास्वपाका प्रवक्ता मनिष झाले उमेदवारको नाम सिफारिस गर्ने क्रममा चलखेल गरेको आरोप लगाउदै मोरङको क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यलय बाहिर मण्डलले बहिस्कार गर्दै कालो मसि छ्यापेका हुन् ।
क्षेत्र नम्बर ५ मा मनिष झाको निर्देशनमा सम्झना पण्डितलाई हटाएर मधेश प्रदेशको समानुपातिकमा नाम थपेको र प्रत्यक्षमा झाले आफ्नो स्वार्थ पूरा गर्नमा आशा झाको नाम सिफारिस गरेको भन्दै ठुलो विवाद हुदै आएको छ । क्षेत्र नम्बर ५ मा प्रमोद मण्डलको टिमले अहिले जेन्जीबाट खडा गरिएका सुजित साहलाई समर्थन गर्दै आएका छन् भने उनीहरुले आशा झालाई नचिन्ने खालको अभिव्यक्ती दिदै आएका छन् ।
नयाँ दलहरुमा नै यसरी निर्वाचन अघिनै आन्तरिक रुपमा चुलिएको विवादले फागुन २१ गतेको निर्वाचनको लागि असर पर्ने देखिन्छ । नयाँ पुस्ताबाट नयाँ परिवर्तन हेर्न चाहानेहरुले यसरी आपसी विवाद हैन , एक आपसमा सहमती, सहकार्य र सर्मथन गरेर अगाडी बढेमा मात्र नयाँ पुस्ता हावी हुने देखिने थियो ।