विराटनगर । मोरङमा छ वटा निर्वाचन क्षेत्रका लागि ११८ जनाले उमेदवारी दिएकामध्ये ६ जनाले फिर्ता लिएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ६ गते मनोनयन गरेकामध्ये ६ जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् ।
उमेदवारी फिर्ता लिनेमा मोरङ क्षेत्र नंं १ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेद्वार दुर्गाप्रसाद दर्लामी, मोरङ क्षेत्र नंं ३ बाट सुरेश लिम्वू, कञ्चन न्यौपाने, दलबहादुर थापा छन् ।
यसैगरी मोरङ क्षेत्र नम्बर ६ बाट नेपाल मजदुर किसान पार्टीका तिलकराम राजवंशी र स्वतन्त्र उम्मेद्वार राम खत्रीले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । योसँगै मोरङका ६ निर्वाचन क्षेत्रमा २६ दलका ८७ जना र २५ जना स्वतन्त्र गरी ११२ जना उम्मेद्वार कायम भएको छ ।