विराटनगर । नोना कोइरालाको १९ औँ स्मृति दिवस विराटनगरमा विविध कार्यक्रम गरेर मनाइएको छ । विराटनगर–४ स्थित नोना कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा उनको योगदानको स्मरण गरिएको हो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर तथा नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले निरंकुशता विरुद्धको आन्दोलनमा नोना कोइरालाले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए । उनले लोकतन्त्र स्थापनाका लागि नोना कोइरालाको भूमिका अतुलनिय रहेको दावी गरेका छन् । कार्यक्रममा प्रतिष्ठानका कार्यबाहक अध्यक्ष ज्योति आचार्यले नोना कोइरालालाई साहस, निष्ठा र संघर्षको पर्यायको रुपमा चिन्नुपर्ने बताए ।
स्मृति दिवसको अवसरमा उपस्थित व्यक्तित्वहरूले नोना कोइरालाको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष महेश सोनी, नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका उपाध्यक्ष तथा प्रतिष्ठानका कार्यसमिति सदस्य डिकप्रसाद घिमिरेलगायतको उपस्थिति रहेको थियो ।