विराटनगर । तिहारको समयमा देउसीभैलो खेलेको संकलित रकमले विराटनगर महानगरपालीका १२ को दुई वटा विद्यालयका विद्यार्थी स्टेशनरी सामाग्री वितरण गरिएको छ । विराटनगर १२ मा रहेको पञ्चमुखी युवा समाजले यसैबर्ष तिहारमा देउसीभैलो खेलेको संकलित रकमबाट विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेका हुन् ।

पञ्चमुखी युवा समाजका अध्यक्ष लाक्पा लामाका अनुसार विराटनगर १२ मा रहेको जनता बाल कल्याण आधारभुतका ११० र दरैयामा रहेको जनता आधारभुत विद्यालयका ३ सय विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान गरिएको हो ।

लामाका अनुसार सहिद दिवसको अवसर पारेर विद्यार्थीलाई अति आश्वयक पर्ने कपि, डटपेन र पेन्सील लगायत शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यार्थीहरुलाई करिब १८ हजार मुल्य बराबरको शैशिक सामाग्री वितरण गरिएको समाजका अध्यक्ष लामाले जानकारी दिए ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा समाजका सचिव गौतम कामत, सह सचिव आकाश कर्ण ,कोषाध्यक्ष रमिला कोईराला लगायत कार्य समितिका सदस्यहरुले स्कुलमा पुगेर शैक्षिक समाग्री वितरण गरेका थिए ।
यता स्कुलका प्रध्यापकहरुले यस क्षेत्रका बालबालिकालाई अति आवश्यक परेका बेला शैक्षिक सामाग्री प्राप्त भएसँगै ठुलो राहत मिलेको बताए ।