विराटनगर । किराँत याक्थुङ चुम्लुङ महानगर समिति विराटनगरको अध्यक्षमा पुनः टिका प्रसाद लिम्बु चयन भएका छन् । विराटनगरमा शनिबार चुम्लुङको सातौ नगर अधिवेशनबाट लिम्बु दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा शरण कुमार याक्सो र दुर्गाप्रसाद ( नरेश ) तुम्रोक चयन भएका छन् । सचिवमा लक्ष्मी मेन्याङ्बो, सह सचिवमा मिलन नेम्वाङ निर्वाचित भएका छन् ।

यसैगरी, कोषाध्यक्षमा चुडामणि योेक्पाङदेन तथा सह कोषाध्यक्षमा धर्मादेबि सेवाङ्ग रहेका छन् । सदस्यहरूमा करण वोखिम, शुशिला थलङ , तीर्थ लिम्बु , डम्बर होक्पाचोङवाङ, सरिता लिम्बू, किरण तुम्रोक, तारा तुम्रोक, गौरी तुम्बाहाम्फे, मङ्गलसिंह चेम्जोङ, तुलमाया सम्बाहम्फे , भली सुब्बा, मनकुमारी थक्लुङ , धर्मा होक्पाजोवाङ र विकास इजम लगायतलाई अधिवेशनले सर्वसम्मवतबाट चयन भएका हुन् ।
सातौ अधिवेशनको विराटनगर महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष प्रकाश साह तथा चुम्लुङका पूर्व अध्यक्ष मनोज सुब्बा लगायतले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् विराटनगरका अध्यक्ष सुरेससिंह गनगाइ लगायत विभिन्न जातिय संघठनका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

अधिवेशनले किरात याक्थुङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण तथा संस्थागत सुदृढीकरणका विषयमा छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ ।
