फागुन २१ का लागि मोरङमा श्रम संस्कृतिका १ महिला सहित ४ पुरुष मैदानमा

<span class='c1'>फागुन २१ का लागि मोरङमा श्रम संस्कृतिका</span> <span class='c2'>१ महिला सहित ४ पुरुष मैदानमा</span>

प्रेम देवान
विराटनगर । धरानका पूर्व मेयर हर्कराज राई (सामपाङ) ले नयाँ दल दर्ता गरी देशका विभिन्न स्थानमा उम्मेदवार उठाएका छन् । “विचार र औजार, चेतना र पसिना स्वदेशमै—श्रम गर्नुपर्छ” भन्ने मूल एजेण्डा बोकेको श्रम संस्कृति पार्टीबाट सामपाङ स्वयं पनि धरान क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

यसैक्रममा श्रम संस्कृति पार्टीले मोरङ जिल्लामा पनि प्रतिनिधिसभा निर्वाचनका लागि १ महिला सहित ४ जना पुरुष उम्मेदवार मैदानमा उतारेको छ।

पार्टीका अनुसार मोरङ क्षेत्र नम्बर १ बाट शान्ति पाख्रिन लामा, क्षेत्र नम्बर २ बाट अबुहो रैरर, क्षेत्र नम्बर ३ बाट अमिर मगर र क्षेत्र नम्बर ४ बाट कृष्ण कुमार अटल उम्मेदवार बनेका छन् ।

यस्तै, क्षेत्र नम्बर ६ बाट मात्रिका पौडेललाई श्रम संस्कृति पार्टीले उम्मेदवार खडा गरेको छ ।


श्रम, स्वदेशी उत्पादन र आत्मनिर्भर अर्थतन्त्रलाई केन्द्रमा राख्दै चुनावी प्रतिस्पर्धामा उत्रिएको श्रम संस्कृति पार्टीले यसपटक ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले लगायत अन्य स्थापित पार्टीहरूलाई कडा चुनौती दिने दाबी गरेको छ। पार्टीले परम्परागत राजनीति भन्दा फरक ढंगले जनतामाझ पुग्ने र श्रममै आधारित राजनीतिक संस्कृतिको विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्