मासु व्यावसायी संघ मोरङ अध्यक्षमा पुनः शिवाकोटी

<span class='c1'>मासु व्यावसायी संघ मोरङ</span> <span class='c2'>अध्यक्षमा पुनः शिवाकोटी</span>

विराटनगर । मासु व्यवसायी संघ मोरङको अध्यक्षमा पुनःसुवास शिवाकोटी चयन भएका छन् । संघमा आवद्ध सदस्यहरुको आइतबार भएको भेलाले नयाँ समिति गठन गरेको हो । शिवाकोटी अध्यक्ष रहेको समितिमा टंकप्रसाद गौतम उपाध्यक्ष, सचिवमा रणधित थापा, उपसचिव फडिन्द्रराज बराल, सह–सचिव कृष्ण चौधरी र कोषाध्यक्ष प्रकाश सुवेदी रहेका छन् ।

यसैगरी सदस्यहरुमा जीवन कुमारी नेपाल र एम.डी.सान्बाज रहेका छन् । संघले भेलासँगै आइतबार पिकनिक आयोजना गरेको अध्यक्ष शिवाकोटीले जानकारी दिएका छन् । विराटनगरमा खसीको मासु एक हजार १०० बाट बढाएर एक हजार ३०० पु¥याइएको छ ।

गत माघ १ गतेदेखि बोसोसहितको मासु खरिद गर्दा एक हजार २०० र बोसोरहितलाई एक हजार ३०० बनाइएको हो । यस अगाडी बोसोसहित एक हजार र बोसोरहित एक हजार १०० प्रतिकेजी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्