जेनिथ कलेजको वार्षिकोत्सवमा विविध कार्यक्रम

<span class='c1'>जेनिथ कलेजको वार्षिकोत्सवमा</span> <span class='c2'>विविध कार्यक्रम</span>

विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको छ । विगत १७ वर्षदेखि सञ्चालित कलेजले वार्षिकोत्सवका अवसरमा सम्मान, सांस्कृतिक नृत्य प्रस्तुतलगायत विभिन्न गतिविधि गरिएको थियो । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका सहनियन्त्रक ईश्वर भण्डारी र कलेजका शिक्षक सरोज पोखरेललाई कदरपत्रले सम्मानित गरिएको थियो ।
कलेजमा १४ वर्षदेखि कार्यरत पोखरेललाई सम्मान गरिएको थियो ।

पोखरेललाई दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथिसमेत पूर्वाञ्चल विश्वविद्यालयका रजिष्टार प्रा.डा. कल्याणी मिश्र त्रिपाठीले सम्मान गरिन् । त्यस्तै २०८२ सालमा भएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको क्याम्पस प्रमुख सन्दिप दास श्रेष्ठले बताए ।

विद्यार्थीहरुले सांस्कृतिक नृत्य र गीतसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका पूर्वाञ्चल विश्वविद्यालयका रजिष्टार त्रिपाठी, पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, कलेजका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरी, क्याम्पस प्रमुख तथा कार्यक्रम संयोजक सन्दिप दास श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । सो कलेजमा ३ सय २१ जना विद्यार्थी अध्ययनरत छन् ।कलेजले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष समाजमा विशिष्ट योगदान दिने व्यक्तिसहित शिक्षक र विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्