मोरङको रंगेलीमा ससुराली पुगेर श्रीमतीको हत्यापछि श्रीमानले पनि त्यागे प्राण

<span class='c1'>मोरङको रंगेलीमा ससुराली पुगेर श्रीमतीको</span> <span class='c2'>हत्यापछि श्रीमानले पनि त्यागे प्राण</span>

विराटनगर । मोरङको रंगेली स्थित धनपट्टीमा रहेको ससुराली पुगेर एक पुरुषले श्रीमतीको हत्यापछि आफैले आफ्नो प्राण त्यागेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार बिहानका राति २ बजेको समयमा रंगेली ५ का अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले श्रीमती २१ बर्षिया अम्बिकाकुमारी मण्डललाई चक्कु प्रहारी हत्या गरेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लीलाराज लामिछानेका अनुसार, घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले पत्नी अम्बिकाकुमारीलाई चक्कुले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मुकेशले चक्कुले प्रहार गर्दा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको र पत्नीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैं घटनास्थल पुगेर अनुसन्धानलाई अगाडी बढाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्