विद्यार्थीको स्वास्थ्यप्रति विराटनगरको एबीसी स्कुलको चासो , स्वास्थ्य जाँच शिविर सम्पन्न

<span class='c1'>विद्यार्थीको स्वास्थ्यप्रति विराटनगरको एबीसी स्कुलको चासो</span> <span class='c2'>, स्वास्थ्य जाँच शिविर सम्पन्न</span>

विराटनगर माघ २३,

विराटनगर–५ सम्झना चोकस्थित एबीसी स्कुलले विद्यार्थीहरूको स्वास्थ्यप्रति विशेष ध्यान दिँदै स्वास्थ्य जाँच शिविर आयोजना गरेको छ। नोबेल मेडिकल कलेज, विराटनगरका प्रख्यात बालरोग विशेषज्ञ डा. अरुण गिरीको उपस्थितिमा सम्पन्न उक्त शिविरमा स्कुलका विद्यार्थीहरूको विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो।

शिविरमार्फत विद्यार्थीहरूको सामान्य स्वास्थ्य अवस्था, शारीरिक विकास तथा आवश्यक परामर्श प्रदान गरिएको स्कुलले जनाएको छ। साथै, यस्ता स्वास्थ्य सेवा कार्यक्रम समय–समयमा सञ्चालन गर्दै विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा निरन्तर ध्यान दिने योजना रहेको जानकारी दिएको छ।

स्कुलका निर्देशक विवेक दाहालका अनुसार एबीसी स्कुल विराटनगरमा फरक पहिचान बनाउने शैक्षिक संस्थाका रूपमा अघि बढिरहेको छ। उनले विद्यार्थीको शैक्षिक गुणस्तरसँगै स्वास्थ्य र समग्र विकासमा पनि उत्तिकै प्राथमिकता दिइँदै आएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्