विराटनगर । विराटनगरमा २ सोमबारेमा रहेका सेन्ट मेरीज स्कुलका विद्यार्थीहरुले कला तथा विज्ञान प्रदर्शनी गरेका छ्न । स्कुल परिसरमा आज कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुले कला तथा बिज्ञान प्रदर्शनी गरेका हुन ।

बर्षभरी किताबमा अध्ययन गरेको सैदान्तिक ज्ञानलाई व्यावहारिक रुपमा प्रस्तुत गर्दै आफ्ना कलाहरु प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले कलात्मक वस्तुहरु निर्माणगरी अभिभावक शिक्षक तथा अन्य बाहिरका विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले अवलोकन गरेका थिए ।

विद्यार्थीहरुले रोबर्ट, ड्रोन, विभिन्न संस्कृति झल्कने सम्पदा , विज्ञान सम्बन्धी उपकरण र पर्यावरण सम्बन्धी बिषय वस्तुका साथै फेस पेन्टिङ र विभिन्न परिकारहरु बनाएर बिक्री समेत गरेका थिए । विद्यार्थीहरुले गत भदौमा २३ र २४ गते भएको जेन्जी आन्दोलनको झल्को दिने विषयका अंकति रंगोलीहरु समेत निर्माण गरेका थिए । जेन्जी आन्दोलनमा जलेको सिंहदरबार र आन्दोलनमा घाईते र शहिद भएका विद्यार्थीहरुको झझल्को पस्केका थिए ।

मेरीज स्कुलले विद्यार्थीहरुलाई कला र विज्ञान संग जोड्नका लागि हरेक बर्ष यस्ता खालका कार्यक्रमको आयोजना गर्दै आइरहेको स्कुलले जनाएको छ ।

