विराटनगर रोडशेषबाट कपडा बोकेका दुईवटा ट्रक नियन्त्रणमा

<span class='c1'>विराटनगर रोडशेषबाट कपडा बोकेका</span> <span class='c2'>दुईवटा ट्रक नियन्त्रणमा</span>

विराटनगर । विराटनगरमा प्रहरीले भन्सार छलि गरेर कपडा भित्र्याएको आरोपमा दुईवटा ट्रक नियन्त्रणमा लिइएको छ । प्रहरीले आइतबार साँझ विराटनगर–१४ स्थित नेपाल टेलिकम अगाडी दुईवटा ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय, इटहरी पठाएको हो।

प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश–३–०१–०००५ ख ९४२५ नम्बर र प्रदेश ३–०१–००६ ख १३०८ नम्बरको ट्रकका चालकसँग कागजात माग गरेको थियो । त्यस क्रममा ट्रकमा भएको सामान र भन्सारमा बुझाएको बीलबिजकमा मेल नखाएको आरोपमा प्रहरीले राजस्व कार्यालयमा बुझाएको हो ।

प्रहरीले दुवै ट्रकका चालकलाई समेत नियन्त्रणमा लिएको छ । कम मूल्याङ्कन गरी राजश्व चुहावट भएको भन्ने सूचनाको आधारमा ट्रकहरुमा रहेको लत्ताकपडा लगायतका सामान नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार एक करोड ८१ लाख २६ हजार बराबरको सामान रहेको थियो । प्रहरीले ट्रक नियन्त्रणमा लिएर राजस्व कार्यालयमा पठाएपछि सम्बन्धित धनीले भने यसमा बदनियत राखिएको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्