मोरङमा नि:शुल्क आँखा शिविर सम्पन्न, ७० बालबालिका तथा वृद्ध लाभान्वित

<span class='c1'>मोरङमा नि:शुल्क आँखा शिविर सम्पन्न,</span> <span class='c2'>७० बालबालिका तथा वृद्ध लाभान्वित</span>

विराटनगर । मोरङ — भिजन फर चिल्ड्रेन फाउन्डेसन को पहलमा मदरसा रिजवीया मजहरे इस्लाम आधारभुत विद्यालय मा आयोजित नि:शुल्क प्राथमिक आँखा उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

बालबालिकाको दृष्टि स्वास्थ्य अवस्था पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा मदरसामा अध्ययनरत ६ वर्षदेखि १६ वर्ष उमेर समूहका ७० जना बालबालिकासहित केही वृद्धवृद्धाको समेत निःशुल्क आँखाको परीक्षण गरिएको आयोजकले जनाएको छ।

परीक्षणका क्रममा धेरै बालबालिकामा म्याकुला स्कार, कोर्नियल डिस्ट्रोफी, भर्नल केराटोकन्जक्टिभाइटिस, एलर्जिक कन्जक्टिभाइटिस, ग्लुकोमा सस्पेक्ट, रिफ्र्याक्टिभ एरर, ड्राइ आइ तथा मोतियाबिन्दु जस्ता समस्या देखिएको स्वास्थ्य टोलीले जानकारी दिएको छ।

शिविरमा सहभागीहरूलाई प्राथमिक उपचारसँगै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। आँखा परीक्षण तथा स्वास्थ्य सेवाको नेतृत्व कन्सल्टेन्ट अप्टोमेट्रिस्ट नेहा कर्णले गरेकी थिइन्। उनीसँगै अप्टोमेट्रिस्ट प्रिया मण्डल, निशा देव, अप्टिसियन मोहम्मद फिरोज तथा फाउन्डेसनकी कार्यालय कर्मचारी सीमा कर्ण सम्मिलित टोलीले सेवा प्रदान गरेको थियो। टोलीले बालबालिका तथा वृद्धवृद्धालाई दृष्टि संरक्षणसम्बन्धी आवश्यक परामर्शसमेत दिएको जनाएको छ। कार्यक्रम सफल बनाउन Birat Optical and Eye Care Solution ले सहकार्य गरेको थियो।

फाउन्डेसनले आगामी दिनमा पनि विद्यालय तथा समुदाय स्तरमा यस्ता स्वास्थ्य केन्द्रित कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग गरिदिन सरोकारवाला निकाय तथा सहयोगी मनहरूमा विनम्र अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्