विराटनगरको जेम्स स्कुलको ३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न

<span class='c1'>विराटनगरको जेम्स स्कुलको ३२ औँ वार्षिकोत्सव</span> <span class='c2'>तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न</span>

विराटनगर । विराटनगर–१, पोखरियामा रहेको जेम्स इन्टरनेशनल सेकेण्डरी बोर्डिङ स्कुलले आफ्नो ३२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरि मनाएको छ ।

स्कुल परिसरमा बुधबार आयोजित विशेष समारोहमा विद्यालयले शैक्षिक, अतिरिक्त क्रियाकलाप र दीर्घसेवाका क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउनेहरूलाई सम्मान गरेको छ ।
कार्यक्रममा गत वर्षको एसईई परीक्षामा ४ जीपीए हासिल गर्ने विद्यार्थी श्रीजी पोखरेलका अभिभावक चन्द्रकुमार पोखरेल र सुमना आचार्य पोखरेललाई विशेष सम्मान गरिएको थियो। यस्तै, कक्षा ९ का विद्यार्थी अनादी ढकालाई ुस्टुडेन्ट अफ द ईयर घोषणा गरिएको थियो । शैक्षिक सत्र २०८०मा कक्षा ९ बाट १० मा पाएर उत्कृष्ट स्थान हासिल गर्ने अनुष्का दाहाल, आविसा कोइराला र श्वेता शर्मालाई पनि पुरस्कृत गरिएको थियो ।

विद्यालयले खेलकुद (फुटसल, कबड्डी, टेवलटेनिस, टग अफ वार) मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीका साथै १९वर्षदेखि कार्यरत शिक्षिका मुना तामाङ र १४ वर्षदेखि कार्यरत कर्मचारी विनोद निरौलालाई ‘दीर्घसेवा सम्मान’ प्रदान गरेको छ।


प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका सह–परीक्षा नियन्त्रक डा. गोविन्द गुरागाईंले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, शिक्षासेवी र सञ्चारकर्मीहरूले प्रविधि र संस्कारयुक्त शिक्षाको महत्त्वबारे चर्चा गरेका थिए।

वि।सं। २०५० मा स्थापना भएको यस विद्यालयले एसईईमा निरन्तर शतप्रतिशत नतिजा ल्याउन सफल भएको प्रिन्सिपल पंकज खड्काले कार्यक्रमको सम्बोधनको क्रममा बताउनुभयो । उद्धघाटन कार्यक्रमलाई स्कुलका संचालक भेषराज पोखरेलले संचालन गर्नुभएको थियो भने त्यसपछिको सास्कृतिक कार्यक्रमहरुलाई विद्यार्थीहरुले रोमान्चक ढंगबाट संचालन गरि आम विद्यार्थी तथा अभिभावकलाई आर्कषित पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्