विराटनगरको युमि स्कुलका विद्यार्थीहरुको विज्ञान प्रदर्शनी

<span class='c1'>विराटनगरको युमि स्कुलका</span> <span class='c2'>विद्यार्थीहरुको विज्ञान प्रदर्शनी</span>

विराटनगर । युमि स्कुलमा अध्ययनरत विद्यार्थीहरुले वर्षभरि किताबमा अध्ययन गरेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै विज्ञान प्रदर्शनी आयोजना गरेका छन् । विराटनगर–१९ स्थित विद्यालय परिसरमा शनिबार आयोजित प्रदर्शनीमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

विज्ञान प्रदर्शनीको उद्धघाटन विराटनगर महानगरपालिका १९ का वडा अध्यक्ष स्याम घिमिरेले गरेका थिए । घिमिरेले विज्ञान प्रदर्शनीको अवलोकनपछि विद्यार्थीहरुले आयोजना गरेको विज्ञान प्रदर्शनीले विद्यार्थीहरुको पढाईसँगै व्यावहारिक शिक्षामा पनि सहयोग पुग्ने बताए ।
विद्यार्थीहरुले विज्ञानसँग सम्बन्धित विभिन्न प्रयोग, नमुना, कला सामग्री तथा नवप्रवर्तनात्मक परियोजनाहरु तयार गरी आफ्ना अभिभावक तथा अतिथिहरूसामु प्रदर्शन गरेको स्कुलकी प्रिन्सीपल राखी झाले बताउनुभयो ।


साना कक्षाका विद्यार्थीहरुले सरल वैज्ञानिक अवधारणालाई आकर्षक मोडेलमार्फत प्रस्तुत गरेका थिए भने माथिल्ला कक्षाका विद्यार्थीहरुले ऊर्जा, वातावरण संरक्षण, प्रविधि र स्वास्थ्यसँग सम्बन्धित परियोजनाहरु प्रदर्शन गरेको सहभागी विद्यार्थीहरुले बताए ।
विज्ञान प्रदर्शनीको अवलोकनमा पुगेका अभिभावकहरुले विद्यार्थीहरुको प्रस्तुति देखेर आफूहरु अत्यन्त खुसी भएको प्रतिक्रिया दिए । अभिभावक पावल चौधरीले भने “बच्चाहरुले सिकेको कुरा यति राम्रोसँग प्रस्तुत गरेको देख्दा गर्व लागेको छ। विद्यालयले पढाइसँगै व्यवहारिक ज्ञानमा पनि जोड दिएको देखिन्छ,” यसले गर्दा भोलीको दिन अझ विद्यार्थीहरुमा क्षमता अभिवृद्धी हुदै जानेछ ।


प्रदर्शनी अवलोकनका लागि अभिभावक तथा जापानिज शिक्षक शिक्षिकाहरुले पनि अवलोकन गरेका थिए । स्कुलले विद्यार्थीहरुलाई कक्षा १देखी नै प्राविधीक सशक्तिकरण अभ्यास , एकीकृत कोडिङ र जापानिज भाषाको विषय पनि अध्यापन गराउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्