विराटनगरमा सम्पन्न चौथो मिल्श भेट्रान्स गोल्डकप प्रतियोगिताको उपाधि आयोजक कै हातमा

<span class='c1'>विराटनगरमा सम्पन्न चौथो मिल्श भेट्रान्स गोल्डकप</span> <span class='c2'>प्रतियोगिताको उपाधि आयोजक कै हातमा</span>

विराटनगर । विराटनगरमा सम्पन्न चौथो मिल्श भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक मिल्स भेट्रान्स क्लब ९निलो० ले जितेको छ । विराटनगरस्थित जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सुनसरीको ‘हाम्रो इटहरी भेट्रान्स क्लब’ लाई एक जिरो गोलअन्तरले पराजित गर्दै आयोजक टोली च्याम्पियन बनेको हो ।


उपाधिसँगै आयोजक मिल्स भेट्रान्सले नगद ८१ हजार १११ रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता बनेको इटहरी भेट्रान्सले नगद ४१ हजार १११ रुपैयाँसहित ट्रफीमा चित्र् बुझायो । आयोजकको जितमा डेनिम राईले निर्णायक गोल गरे । कप्तान रानु राना मगरले डि–बक्स बाहिरबाट उपलब्ध गराएको उत्कृष्ट क्रस पासलाई सदुपयोग गर्दै राईले बललाई जाली चुमाएका थिए । सोही गोल नै टिमको जितका लागि पर्याप्त बन्यो । प्रतियोगिताको व्यक्तिगत विधातर्फ आयोजककै दिलीप बास्कोटा ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । त्यसैगरी, आयोजककै सुरज श्रेष्ठ प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने भने ‘म्यान अफ द सिरिज’ कोमल खवास घोषित भए ।


प्रमुख अतिथि कोशी प्रदेशका वन तथा पर्यटनमन्त्री भीम पराजुलीको खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार लागि पर्ने बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्