विराटनगर । देशभर करिब ३२ लाख मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो ।
यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो । सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ ।
सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।