सिरहा । सिरहा सदरमुकामस्थित सिरहा जिल्ला अदालत अगाडि रहेको मधेश ‘ल’ फर्ममा बम विस्फोट भएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार दिउँसो करिब ४ बजे भएको विस्फोटमा एक जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको छ।
प्रारम्भिक रूपमा सुतली बम भएको अनुमान गरिएको छ भने घटनास्थलमा सुरक्षा निकायको टोली पुगेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।