डिपिएस विराटनगरद्वारा ‘डीपीएस क्विज एसइई २०२६’ अन्तर–विद्यालय प्रतियोगिता सुरु,फाइनल चैत २८ गते

<span class='c1'>डिपिएस विराटनगरद्वारा ‘डीपीएस क्विज एसइई २०२६’</span> <span class='c2'>अन्तर–विद्यालय प्रतियोगिता सुरु,फाइनल चैत २८ गते</span>

विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरले एसइई परीक्षा दिने विद्यार्थीहरूका लागि आयोजना गरेको ‘डीपीएस क्विज एसइई २०२६’ अन्तर–विद्यालय क्विज प्रतियोगिता सुरु भएको छ। विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिता दुई चरणमा सम्पन्न हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको पहिलो चरण छनोट राउन्ड रहेको छ भने अन्तिम प्रतिस्पर्धा अर्थात् ग्राण्ड फिनाले आगामी चैत २८ गते डीपीएस विराटनगरमा आयोजना हुने तय गरिएको छ। छनोट चरणमा सहभागी विद्यालयका विजयी तीन विद्यार्थी सहित उत्कृष्ट १० देखि १५ विद्यार्थीहरूले फाइनलका लागि इन्ट्री टिकट प्राप्त गर्नेछन्।

छनोट चरणका कार्यक्रमहरू विभिन्न विद्यालयमा सञ्चालन भइरहेका छन्। हिजो नर्थ प्वाइन्ट इङ्लिस बोर्डिङ स्कुल, इटहरीमा सम्पन्न पहिलो छनोट राउन्डमा अकृति न्यौपाने (प्रथम), कृपा तामाङ (द्वितीय) र श्यारोना बस्नेत (तृतीय) विजेता बने।

त्यसैगरी आज गौतम बुद्ध मेमोरियल माध्यमिक विद्यालय मा सम्पन्न कार्यक्रममा अनुष्का बुढाथोकी (प्रथम), अनुष श्रेष्ठ (द्वितीय) र आर्यन मण्डल (तृतीय) उत्कृष्ट तीनमा पर्न सफल हुँदै दोस्रो चरणका लागि छनोट भएका छन्। विजेता विद्यार्थीहरूलाई आयोजक विद्यालयले ट्रफी तथा प्रमाण–पत्र प्रदान गरेको छ।

“Scholars Meet at DPS” नारासहित आयोजना गरिएको यस प्रतियोगिताको उद्देश्य नियमित परीक्षाको तयारीभन्दा माथि उठेर विद्यार्थीहरूको बौद्धिक क्षमता, ज्ञान र शैक्षिक उत्कृष्टता प्रवर्द्धन गर्नु रहेको विद्यालयले जनाएको छ।

मोरङ, सुनसरी र झापा जिल्लाका प्रतिभाशाली विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्यसहित छनोट चरणहरू तीनै जिल्लाका ५० भन्दा बढी विद्यालयहरूमा सञ्चालन भइरहेका छन्।

कार्यक्रमका संयोजक कुवेर छेत्रीका अनुसार छनोट चरण पार गरेका २०० भन्दा बढी प्रतिभावान विद्यार्थीहरू चैत २८ गते डीपीएस विराटनगरमा हुने फाइनल राउन्ड मा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका विजेताहरूले क्रमशः रु. १५ हजार, रु. १० हजार र रु. ७ हजार नगद पुरस्कारका साथै ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछन्।

त्यसैगरी चौथोदेखि दशौँ स्थानसम्मका प्रतियोगीहरूलाई आकर्षक उपहार तथा प्रमाण–पत्र प्रदान गरिनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई डीपीएस विराटनगरमा कक्षा ११ (प्लस टु) अध्ययनका लागि विशेष छात्रवृत्ति समेत प्रदान गरिने विद्यालयका प्राचार्यले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्