विराटनगर । सुर्खेतकी १६ बर्षिया बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको भन्दै चौतर्फी कारबाहीको माग गर्दै विरोध र खबरदारी भईरहेको छ । आफ्नै प्रेमी मानिएका किशोरले जंगलमा लगेर बलात्कारपछि जघन्य रुपमा हत्या गरेको भन्दै अहिले देशका विभिन्न ठाँउहरुमा खबरदारीसँगै कडा कारबाही हुनुपर्छ भनेर आवाज उठिरहेको छ ।
यसैक्रममा धराने युवाको आहवनमा नागरिक समाज, युवा विद्यार्थी तथा आम सर्वसाधारणहरुले घटनामा दोषीलाई कडा कारबाही हुनुपर्छ भन्दै धरानको भानुचौकमा खबरदारी गरेका थिए । उनीहरूले बोकेको प्ले कार्डमा ‘‘प्रेमी हो की बलात्कारी’’ “स्टप रेप”, “ वि वान्ट जस्टिक” र “बलात्कारीलाई फाँसी दे” जस्ता नारा सहित प्रदर्शनमा उत्रिएका थिए ।