ब्लड क्यान्सरबाट थलिएपछि उपचारका लागि सहयोगको याचना

<span class='c1'>ब्लड क्यान्सरबाट थलिएपछि उपचारका</span> <span class='c2'>लागि सहयोगको याचना</span>

विराटनगर । ब्लड क्यान्सरले शरीर थलिएपछि उपचारका लागि एक बिरामीले सहयोगको अनुरोध गरेकी छिन् । सुनसरीको रामधुनी निवासी ४४ वर्षीया तेज कुमारी परियारले उपचारबाट आफ्नो जीवन फर्काउन सबैसँग अनुरोध गरेकी हुन् ।

उनकी छोरी सुनेना परियारले आमाको स्वास्थ्य एक्कासी बिग्रिएपछि बिराट टिचिङमा जाँचपड्ताल गरिएको बताइन् । जहाँबाट ब्लड क्यान्सर भएको पुष्टि भएपछि थप उपचारका लागि काठमाण्डौंस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो ।

तर, सिभिल अस्पतालबाट उपचारका लागि दिल्ली लैजानुपर्ने भएपछि आर्थिक अभाव भएको उनकी बताएकी हुन् । आइएसएमटी कलेज विराटनगर अध्ययन गर्दै रहेकी सुनेनाको आग्रह अनुसार उनका साथीहरुले समेत अहिले रकम संकलनको अभियान सुरु गरेका छन् ।

सोमबार आमाको उपचारका लागि दिल्ली लगिएको छ । झण्डै ४० देखि ५० लाख रुपिँया खर्च लाग्ने भएपछि अहिले उपचारका लागि सहयोग माग्दै सबैसँग अपिल गरिएको छ । जसका लागि छोरी सुनेना परिवारको आफ्नो नम्बर र बैंक एकाउन्ट समेत उपलब्ध गराइएको छ ।
जसका लागि सम्पर्क

9819378254
अनि क्यूआर कोड

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्