कोशीका ८० हजार विद्यार्थीले एसईई लेख्ने, परीक्षाको तयारी अन्तिम

<span class='c1'>कोशीका ८० हजार विद्यार्थीले एसईई</span> <span class='c2'>लेख्ने, परीक्षाको तयारी अन्तिम</span>

विराटनगर । कोशी प्रदेशमा ८० हजार ९१० जना विद्यार्थीले एसईई परीक्षा लेख्ने भएका छन् । आगामी चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षाको तयारी अन्तिम चरणमा पुगेको हो ।
शिक्षा विकास निर्देशनालय धनकुटाका अनुसार १४ वटै जिल्लामा केन्द्राध्यक्ष, निरीक्षक तथा सहायक कर्मचारीहरूको छनोट सकिएको छ । विद्यार्थीलाई सहज बनाउन परीक्षा केन्द्र नजिकै बसोबासको व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरिएको निर्देशनालयका प्रमुख कृष्णप्रसाद पोख्रेलले बताएका छन् ।

परीक्षा केन्द्रमा विद्यार्थीले विद्यालयको पोशाकमा उपस्थित हुनुपर्नेछ । त्यस बाहेक खुला समूहका विद्यार्थीका लागि फोटोसहितको परिचयपत्र अनिवार्य छ। अनुगमनका लागि सीसीटीभी जडान विद्यालयलाई प्राथमिकतामा राखी परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिइएको छ । उत्तरपुस्तिकाको सुरक्षा र ढुवानीका लागि आवश्यक सुरक्षाकर्मी माग गरिएको छ ।

कोशी प्रदेशभर ३ सय ३२ परीक्षा केन्द्र यस पटकका लागि तोकिएको जानकारी गराइएको छ । परीक्षा सञ्चालनका लागि ३ सय ३२ केन्द्राध्यक्ष, ५ सय ४६ सहायक केन्द्राध्यक्ष, ४ हजार ६३ निरीक्षक, ८ सय १३ परीक्षक सहायक, १ हजार ६ सय १५ सहयोगी कर्मचारी तथा ४ हजार ९ सय ८० सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्