धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ

<span class='c1'>धनुषामा लागूऔषध सहित</span> <span class='c2'>फार्मेसी सञ्चालक पक्राउ</span>

जनकपुर । धनुषा प्रहरीले भारी मात्रामा लागूऔषध सहित फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ । धनुषाको ढल्केबरमा एक औषधि पसलबाट ठूलो परिमाणमा लागूऔषध सहित औषधि पसलका सञ्चालकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ढल्केबरस्थित निको फार्मेसीका सञ्चालक धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरका ५० वर्षिय रामकुमार महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केबर, धनुषाले जनाएको छ । महतोले सञ्चालन गर्दै आएको फार्मेसीबाट टापेन्टा ट्याब्लेट ४६० पत्ताा, स्पासरेस्ट ९५ पत्ता र डोवेल ६० पत्तासहित नगद १ लाख ३५ हजार रुपैयाँ बरामद गरिएको छ । मिथिला नगरपालिका–१० रातुपुलस्थित लालगढबाट बर्दिवासतर्फ पैदल जाँदै गरेका तीन जना संकास्पद युवालाई जाँच गर्दा उनीहरूको साथबाट टापेन्टा लागूऔषध फेला परेको थियो । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौलीका २० वर्षीय साजन परियार, २१ वर्षीय दोर्जे लामा र २० वर्षीय दीपेश साह रहेका छन् ।

उक्त घटनामा थप अनुसन्धान गर्दै जाँदा लागूऔषध कारोबारमा निको फार्मेसीको संलग्नता खुलेपछि प्रहरीले छापा हानेर लागूऔषधसहित सञ्चालक महतोलाई पक्राउ गर्न सफल भएको हो । धनुषा प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्