जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, बदल्न हो : रवि लामिछाने

<span class='c1'>जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन,</span> <span class='c2'>बदल्न हो : रवि लामिछाने</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभाका सांसद रवि लामिछानेले फागुन २१ को निर्वाचनपछि बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा उनले जनताले दिएको मतादेशप्रति प्रतिबद्धता व्यक्त गर्दै त्यसको सम्मान कामबाटै गर्ने बताएका छन् । उनले भने, ‘जनताले करिब दुई तिहाइको मताधिकारको आदेश दिएका छन् । जनतालाई प्रतिज्ञा गर्छु कि यो मतादेशको गुण हामी जिम्मेवारी पूरा गरेर तिर्नेछौं । यो मतादेशमा जनताको आशा पनि छ, आक्रोश पनि छ । पाएको मत समर्थनको मात्र होइन, परिवर्तनको मत हो । हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो । म गर्वका साथ भन्न सक्छु, हामीले बदल्न सुरु गरिसकेका छौं ।’ उनले केवल भाषणले मात्र परिवर्तन सम्भव नभएको उल्लेख गर्दै कामबाट प्रमाणित गर्नुपर्नेमा जोड दिए । ‘हामीले बोलेर मात्रै पुग्दैन । मैले मात्र होइन, रास्वपाका हरेक माननीयले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ । अब हामी राम्रै बोल्नुभन्दा पनि कामहरू, सरकारका कामहरू आफैं बोल्नेछन् । ती बोल्न सुरु गरिसकेको कुरा म जानकारी गराउन चाहन्छु,’ उनले भने ।

उनले सरकारलाई ‘हनिमुन पिरियड’ आवश्यक नरहेको उल्लेख गर्दै छिटो काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामीलाई हनिमुन पिरियडको सुविधा पनि चाहिँदैन । हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौं, त्यो सुरु गरिसकेका छौं,’ उनले भने । लामिछानेले विपक्षी दलका प्रतिबद्धतासमेत कार्यान्वयन गर्न तयार रहेको स्पष्ट पार्दै विगतका सरकारबाट सिक्ने प्रतिबद्धता जनाए । ‘हामी आफ्ना मात्र होइन, विपक्षी दलका चुनावी प्रतिबद्धता पनि स्वामित्व लिन तयार भएर आएका छौं। यसअघि पनि पटक–पटक एकल बहुमतका सरकार नबनेका भने होइनन्। तर ती सरकारहरू इतिहासका अंग बने, इतिहास बदल्ने औजार बन्न सकेनन्। हामी इतिहासबाट सिक्न लाज मान्ने छैनौं,’ उनले भने । उनले जनताले दिएको बहुमतलाई गुमेको अवसरका रूपमा इतिहासमा लेखिन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । ‘जनताले हामीलाई दिएको विशाल बहुमतको इतिहास फेरि ‘गुमेको अवसर’ भनेर लेखियो भने कलंकित हुनेछौं, हामीलाई त्यो मन्जुर छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्