मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

<span class='c1'>मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको</span> <span class='c2'>कपी जाँच सुरु</span>

मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत अङ्ग्रेजी विषयको उत्तरपुस्तिका (कपी) जाँच कार्य मकवानपुरमा सुरु गरिएको छ।जिल्लाका २८ वटा परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएसँगै कपी जाँचको प्रक्रिया अघि बढाइएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख बसन्त अधिकारीका अनुसार जिल्लाभित्रका २० वटा विद्यालयमा कपी जाँच गर्ने व्यवस्था मिलाइएको छ । उनले कपी जाँच कार्यलाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन आवश्यक जनशक्ति परिचालन गरिएको जानकारी दिए । ‘विद्यार्थीको मेहनत र भविष्यसँग जोडिएको विषय भएकाले कपी जाँचमा कुनै किसिमको लापरबाही हुन नदिन विशेष ध्यान दिएका छौं,’ प्रमुख अधिकारीले भने, ‘सम्बन्धित विषयका दक्ष शिक्षकहरूलाई परिचालन गरी मापदण्डअनुसार कपी जाँच भइरहेको छ ।’

कपी जाँच कार्यलाई समयमै सम्पन्न गरी निर्धारित अवधिभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखिएको उनले बताए । यसका लागि जाँचकर्तालाई आवश्यक निर्देशन दिइएको र अनुगमनसमेत तीव्र पारिएको जनाइएको छ । यस वर्ष मकवानपुर जिल्लामा एसईई परीक्षामा उल्लेख्य सङ्ख्यामा विद्यार्थी सहभागी भएका थिए । परीक्षा केन्द्रहरूमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएकाले परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको शिक्षा शाखाले जनाएको छ । कपी जाँच सुरु भएसँगै विद्यार्थी तथा अभिभावकमा नतिजाप्रति चासो बढेको छ । शिक्षा कार्यालयले भने निष्पक्ष र गुणस्तरीय मूल्याङ्कनमार्फत यथार्थपरक नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्