चैत २८ गतेबाट शहीद रंगशाला विराटनगरमा विराट गोल्डकप

<span class='c1'>चैत २८ गतेबाट शहीद</span> <span class='c2'>रंगशाला विराटनगरमा विराट गोल्डकप</span>

विराटनगर । विराटनगरमा हुने विराटगोल्ड कप फुटबल प्रतियोगिता आगामी चैत २८ गतेदेखि २०८३ बैशाख ५ गतेसम्म शहीद रंगशालामा आयोजना हुने भएको छ । आयोजकले यसको अन्तिम तयारी बारे बुधबार आधिकारिक धारणा सार्वजानिक गर्ने तयारी गरेको छ । यसवर्ष भारतका अल झारखण्ड बिर्सा मुन्डा एकेडेमी अथिति टिमको रुपमा आउने भएको छ । त्यस बाहेक तीन विभागिय नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्रको टिम सहभागी हुनेछ । यसैगरी सम्राट, झापा–११, चर्च ब्वाइज, मछिन्द्र क्वल रहनेछ ।

विराट गोल्डकप ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाका अनुसार गोल्डकपमा मोरङ जिल्लाको लिग विजेता टोली सम्राट स्पोर्टिङ क्लव सहभागीता जनाउने भएको छ । उसले चौथो खेलका क्रममा २०८३ बैशाख १ गते झारखण्डको टोलीको सामना गर्नेछ । उद्घाटन खेल चैत २८ गते झापा–११ र विभागिय टोलि त्रिभुवन आर्मी क्लवबीच हुनेछ । यसैगरी दोस्रो खेल सशस्त्र प्रहरी बलको एपीएफ एफसी र चर्च ब्वाइजबीच हुनेछ । चर्च ब्वाइज सहिद स्मारक ए डिभिजन विजेता तथा विराट गोल्डकप उपविजेता समेत हो ।

साविक विजेता थ्रीस्टार क्लबको अनुपस्थिति हुने भएको छ । गोल्डकपको तेस्रो खेलमा नेपाल पुलिस क्लबले २०८० सालको विजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ । सहिद मैदानमा रात्रिकालिन खेलमा विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपिँया पाउने छ । मैदान तयारीको काम भइरहेको प्रवक्ता लामाले जानकारी दिएका छन् ।

गोल्डकपको प्रवद्र्धनमा कोशी प्रदेश सरकार, विराटनगर महानगर, राष्ट्रिय खेलकुद परिषद् रहेका छन् । २०१८ सालबाट सुरू भएको महेन्द्र गोल्डकप २०६७ र ०६८ सालपछि विराट गोल्डकपमा रूपान्तरण भएको हो । ट्रष्टले भने यस पटकबाट विराट गोल्डकपलाई पुरानै अवस्थाबाट अघि बढाउने गरी ३८ औं संस्करणका रूपमा गणना गर्ने जनाएको छ । गोल्डकपको अघिल्लो संस्करणमा थ्रीस्टारले चर्च व्वाइजलाई २–० ले पराजित गर्दै समग्रमा दोस्रो पटक उपाधि जितेको थियो । थीस्टारले गोल्डकपको पाँचौं संस्करणमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्