सकियो यसपटकको एसईई, भावनात्मक विदाईमा साथीका सर्टमा सम्झनाका अक्षर

<span class='c1'>सकियो यसपटकको एसईई, भावनात्मक विदाईमा</span> <span class='c2'>साथीका सर्टमा सम्झनाका अक्षर</span>

प्रेम देवान
विराटनगर । लामो समयको तयारी र तनावपछि अन्ततः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सकिएको छ । गत चैत्र १९ गतेबाट सुरु भएको परीक्षा बुधबार अन्तिम दिनको पेपरसँगै सकिएको हो। परीक्षा सकिएसँगै विद्यार्थीहरूमा एकातिर राहतको अनुभूति थियो भने अर्कोतिर वर्षौंदेखिको साथ छुट्टिने पीडाले भावुक बनाएको देखिन्थ्यो । विराटनगरका परीक्षा केन्द्रबाट बाहिर निस्किएपछि धेरै विद्यार्थीहरू एकअर्कासँग अंकमाल गर्दै, हाँसो र आँसु मिसिएको क्षण बाँड्दै थिए । विशेषगरी, उनीहरूले लगाएका सेतो सर्टहरू सम्झनाका क्यानभास बनेका थिए। साथीहरूले एकअर्काको सर्टमा शुभकामना, सम्झना र मायाका शब्दहरू कोर्दै गरेका दृष्यहरु देखिन्थे ।

 

विराटनगर–११ स्थित जनपथ माध्यमिक विद्यालयकी छात्रा डोली साहले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्पन्न भएसँगै खुसी र भावुकता दुवै अनुभूति भएको बताएकी छन् । आजबाट परीक्षा सकिएको भन्दै उनले निकै आनन्द र रमाइलो लागेको प्रतिक्रिया दिइन्। तर, लामो समयसम्म सँगै पढेका साथीभाइसँग छुटिनुपर्दा दुःख पनि लागेको उनले सुनाइन् ।

डोलीले भनिन् परीक्षा समाप्तिपछि साथीहरूसँग आगामी शैक्षिक यात्राका लागि शुभकामना आदान–प्रदान गर्दै विदाइ गरिएको थियो। “हामी भौतिक रूपमा टाढा भए पनि सर्टमा लेखिएका भावना र शब्दहरूले सधैं नजिक बनाइरहनेछन्,” उनले भनिन् । कतिपय विद्यार्थीहरू आफ्नै विद्यालयमा पुगेर शिक्षक–शिक्षिकासँग अटोग्राफ लिँदै कृतज्ञता प्रकट गरिरहेका थिए। उनीहरूले शिक्षक शिक्षिकाहरुबाट प्राप्त ज्ञान र मार्गदर्शनलाई भविष्यको यात्रामा साथ लाने प्रतिबद्धता जनाईरहेका थिए ।

विद्यार्थीहरूले अबको समय उनीहरूका लागि नयाँ सम्भावनाहरू खोज्ने अवसर हुने बताएका थिए । धेरैले छुट्टीको समयलाई सदुपयोग गर्दै विभिन्न सीपमूलक तालिम तथा कोर्षहरूमा सहभागी हुने योजना बनाएको बताए ।
एसईईसँगै विद्यालय जीवनको एउटा महत्वपूर्ण अध्याय समाप्त भए पनि विद्यार्थीहरूको मनमा त्यसले छोडेको सम्झना भने जीवनभर ताजै रहनेछ । सर्टमा कोरिएका ती अक्षरहरू केवल शब्द होइनन , ती वर्षौंदेखि गाँसिएको मित्रता, माया र साझा यात्राका अमूल्य चिन्ह हुन् । यसपटक पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए । २०८२ को एईई परीक्षामा सहभागि भएका सम्पुर्ण विद्यार्थीलाई नतिजा उत्कृष्टताको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्