विराटनगर डिपिएस स्कुलका रञ्जन निरौला अन्तर्राष्ट्रिय बहिरा क्रिकेटमा नेपालबाट खेल्ने

<span class='c1'>विराटनगर डिपिएस स्कुलका रञ्जन निरौला</span> <span class='c2'>अन्तर्राष्ट्रिय बहिरा क्रिकेटमा नेपालबाट खेल्ने</span>

विराटनगर । बहिरा क्रिकेट अन्तर्राष्ट्रिय महासंघद्वारा आयोजित टी–२० बहिरा क्रिकेट टुर सिरिजमा सहभागी हुन लागेका नेपाली राष्ट्रिय बहिरा क्रिकेट टोलीका खेलाडी रञ्जन निरौलालाई दिल्ली पब्लिक स्कुल (डिपिएस) विराटनगरले सम्मान गरेको छ।

भारतको झारखण्डस्थित धनबादमा आयोजना हुन लागेको उक्त प्रतियोगिता मार्च १९ गतेदेखि सुरु हुँदैछ। प्रतियोगितामा नेपाली राष्ट्रिय बहिरा क्रिकेट टोलीको सहभागिता रहनेछ, जसमा विराटनगरस्थित डिपिएसका खेलाडी रञ्जन निरौला पनि टोलीबाट प्रतिनिधित्व गर्दै सहभागी हुने भएका छन्।

खेलाडी निरौलालाई विद्यालयले खेलकुद सामग्री (किट, प्याड लगायत) प्रदान गर्दै सम्मान तथा विदाइ गरेको हो। कार्यक्रममा डिपिएसका प्रिन्सिपल भिमबहादुर लिम्बुले रञ्जनको सहभागिता विद्यालय तथा विराटनगरवासीका लागि गौरवको विषय भएको बताए।

उनले खेलाडी निरौलालाई सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

विद्यालयले खेलाडीलाई सम्मान गर्दै विदाइ गरेको उक्त कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्