तौल गढबढ गर्ने तरकारी तथा फलफुल व्यापारी कारबाहिमा

<span class='c1'>तौल गढबढ गर्ने तरकारी</span> <span class='c2'>तथा फलफुल व्यापारी कारबाहिमा</span>

विराटनगर १४ मंसिर । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले विराटनगर गुद्रि क्षेत्रका दुई दर्जन माछामासु, फलफुल तथा तरकारी पसलेहरुलाई कारबाहि गरेको छ । उनीहरुलाई ढक तराजुहरुको अनुमति नलिइ प्रयोग गरेको, समयमा जाँचपास नगराएको र मापदण्ड अनुसारको प्रयोग नगरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा होटल नमस्कार, कृष्ण सहनी, बब्लु सहनी, राम सहनी, अश्विनी एण्ड सन्स, मोनिका किराना, मुकेश सागसब्जी पसल, शम्भु सहनी, विश्वराज मण्डल, बालकृष्ण प्रसाद, सोले सहनी, विश्वराज मण्डल, बालकृष्ण प्रसाद, सोले सहनी, समशेर सहनी, विनोद सहनी, गरिबदास मिया, , हारुणदास मिया, योगन्द्र महतो, योगन्द्र महतो, राधिका राई, कन्हैया साह, हरिचरण प्रसाद, दुर्गा पोखरेल, ध्रुव भगत, भवानी आलु भण्डार, र पार्वती कार्की रहेका छन् । कार्यालयले उनीहरुको ढक तराजु जफत गरि थप कारबाहिको लागि कार्यालयमा हाजिर हुन बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्