विधेयक निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन विपिन आचार्यद्वारा ‘विधेयक प्रयोगशाला’ सुरु

<span class='c1'>विधेयक निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन</span> <span class='c2'>विपिन आचार्यद्वारा ‘विधेयक प्रयोगशाला’ सुरु</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्यले विधेयक निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन ‘विधेयक प्रयोगशाला’ सुरु गरेका छन् ।

आचार्यले संसदमा प्रस्तुत हुने विधेयकमाथि नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष सुझाव संकलन गर्ने उद्देश्यले ‘विधेयक प्रयोगशाला’ (बिल ल्याप) सुरु गरेका हुन् । आचार्यको आधिकारिक वेबसाइट मार्फत सुरु गरिएको ‘विधेयक प्रयोगशाला’ मा संसदमा दर्ता भएका विधेयकहरू पढ्न, बुझ्न, छलफल गर्न र तिनका दफा–दफामाथि सुझाव तथा संशोधन प्रस्ताव राख्न सकिने व्यवस्था गरिएको छ । सरकारको प्रमुख जिम्मेवारी संसदमा नीति तथा विधेयक प्रस्तुत गर्नु भए पनि ती विधेयकलाई मसिनोसँग अध्ययन गर्ने, परिष्कृत गर्ने र जनताको जीवनसँग जोड्ने दायित्व संसद, जनप्रतिनिधि र नागरिक सबैको साझा जिम्मेवारी रहेको आचार्यको भनाइ छ ।

बन्द कोठाभित्र तयार गरिने संशोधनले मात्र समाजको यथार्थ पूर्ण रूपमा बोल्न नसक्ने भएकाले त्यसमा आम नागरिक, विषय विज्ञ र सरोकारवालाको प्रत्यक्ष आवाज जोडिनुपर्ने आवश्यकता औँल्याउँदै ‘विधेयक प्रयोगशाला’ सुरु गरिएको कुरा उनले आफ्नो सामाजिक सञ्जालमार्फत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्