सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको हर्क राइको आरोप

<span class='c1'>सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय</span> <span class='c2'>बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको हर्क राइको आरोप</span>

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारले विकासका नाममा प्राकृतिक सम्पदा र स्थानीय बस्तीमाथि विभेदपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन् ।

आज सामाजिक संजालमार्फत उनले सरकार मुकुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजनामा भने उदार देखिएको टिप्पणी गरेका हुन् । ‘सुकुमबासी बस्तीको पछि लागेको सरकारले मुकुम्लुङमा कन्चन्जङ्गा आरक्षण क्षेत्र नै मासेर गुराँसघारी उडाएर केवलकार थाप्न खोज्ने व्यपारीलाई चाहिँ माया गर्छ हो ?,’ उनले लेखेका छन् ।

उनले आज अरूको घरमा डोजर पुग्दा समर्थन गर्नेहरूकै घरमा भोलि डोजर चल्लन सक्ने बताए । उनले लेखेका छन्, ‘मलाई गाली गर्नेहरुकै घरमा कुनै दिन डोजर आइपुग्यो भने चाहिँ के भन्दा हुन् मलाई ! अरुलाई खाने बाघले आफुलाई पनि खान्छ है !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्