दौडिँदै रमाउँदै: रचना रिमालको कन्सर्टसहित विराटनगर रन हुदै

<span class='c1'>दौडिँदै रमाउँदै: रचना रिमालको</span> <span class='c2'>कन्सर्टसहित विराटनगर रन हुदै</span>

विराटनगर बैशाख १५ ,

नोबेल क्यान्सर अस्पतालको मुख्य प्रायोजनमा विराटनगर रन २.० वैशाख १८ मा विराटनगरमा भब्य रूपमा आयोजना हुँदैछ, जहाँ दौड, संगीत र स्वास्थ्य सेवा एकै ठाउँमा जोडिँदैछन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा हुने यस कार्यक्रममा म्याराथनसँगै चर्चित गायिका रचना रिमाल को लाइभ कन्सर्ट मुख्य आकर्षण रहनेछ। दौडमा प्रयोग गरिएको टिकट नै कन्सर्टको ‘इन्ट्री पास’ हुने आयोजकले जनाएको छ।

दौड नोबेल क्यान्सर अस्पतालबाट सुरु भई सहिद रंगशालामा पुगेर टुंगिनेछ। कार्यक्रम स्थलमै पाठेघरको मुख र कोलोरेक्टल क्यान्सरको निःशुल्क परीक्षण शिविर सञ्चालन गरिनेछ, जसले स्वास्थ्य सचेतनालाई पनि जोड दिनेछ।

यसका साथै ट्राइसाइकल रेस र आर्म रेस्लिङ जस्ता प्रतियोगिताले कार्यक्रमलाई थप रोमाञ्चक बनाउने छन्। आयोजकका अनुसार यो केवल खेल वा मनोरञ्जन होइन, स्वास्थ्य, नेतृत्व र सामाजिक उत्तरदायित्वलाई जोड्ने अभियान हो।

प्रतियोगितामा आकर्षक नगद पुरस्कारसमेत राखिएको छ भने सहभागी हुन खुलातर्फ रु. ४०० र विद्यार्थीका लागि रु. २०० शुल्क तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्