विराटनगरमा सिलाई मेसिन वितरण

<span class='c1'>विराटनगरमा सिलाई</span> <span class='c2'>मेसिन वितरण</span>

विराटनगर । नवअभियान नेपालले महिला तथा युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई मेसिन वितरण गरेको छ। मानव बेचबिखन न्यूनीकरण र सीप विकासका लागि क्रियाशील यस संस्थाले आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम गरि ६ थान सिलाई मेसिन वितरण गरिएको हो ।

संस्थाकी कार्यकारी निर्देशक सबिना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरपालिकाकी महाशाखा प्रमुख राधिका कार्की प्रमुख अतिथि रहेकी थिइन। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू उद्धव भुजेल, सूर्यनारायण महत्व, प्रहरी प्रमुख भीम खड्का र समाजसेवी सोमनाथ कोइरालाको उपस्थिति थियो।


मेसिन वितरणले जोखिममा रहेका महिलाहरूलाई स्वरोजगार बन्न र जीविकोपार्जनमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्