गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

<span class='c1'>गौर भन्सारद्वारा लक्ष्यअघि नै</span> <span class='c2'>९८ प्रतिशत राजस्व संकलन</span>

रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा निकै अगाडि नै राजस्व संकलन पूरा गर्ने भएको छ । आर्थिक वर्ष सकिन साढे दुई महिना बाँकी रहँदै कार्यालयले तोकिएको लक्ष्यको ९८.५१ प्रतिशत राजस्व संकलन गरिसकेको छ । भन्सार कार्यालयको वार्षिक लक्ष्य ३३ करोड २९ लाख ९२ हजार रुपैयाँ रहेकोमा संकलित रकम (वैशाख १३ सम्म) ३२ करोड ८० लाख २१ हजार ५९१ रुपैयाँ छ ।

यो प्रगति प्रतिशतस् ९८.५१५ रहेको गौर भन्सारका प्रमुख भन्सार अधिकृत विकास कुमार रजकले बताए । उनका अनुसार सिमानामा हुने अवैध ओसारपसार नियन्त्रण र राजस्व चुहावट रोक्न चालिएका कदमले गर्दा यो सफलता मिलेको हो। अनिवार्य भन्सारको नियमले गर्दा राज्यको कोषमा सकारात्मक प्रभाव परेको उनी बताउँछन् । विगतका वर्षहरूमा लक्ष्य भेटाउन धौ-धौ परिरहेको अवस्थामा यस वर्ष भन्सार प्रशासनले लिएको कडा नीतिका कारण उपलब्धि उत्साहजनक देखिएको हो ।

भारतबाट भित्रिने वस्तुहरूको आयातमा भन्सार प्रशासनले विशेष निगरानी र कडाइ गरेको छ । एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागू गरिएको छ । भन्सारमा कडाइ गरिएसँगै अवैध आयात घटेको र स्थानीय नेपाली बजारमा व्यापारिक चहलपहल बढेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्