हावाहुरीपछि लहानमा सक्रिय लायन्स क्लब, २५ परिवारलाई राहत

<span class='c1'>हावाहुरीपछि लहानमा सक्रिय लायन्स</span> <span class='c2'>क्लब, २५ परिवारलाई राहत</span>

लहान । गत वैशाख ५ गते आएको भीषण हावाहुरीबाट प्रभावित लहान–२१ का २५ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । जिल्ला ३२५ एफ को एमर्जेन्सी फण्डको सहयोग तथा लहानस्थित विभिन्न लायन्स क्लबहरूको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

एलसी लहान सहर, एलसी लहान फूलबारी, एलसी लहान सनशाइन र एलसी लहान बुद्धको संयुक्त पहलमा आयोजित कार्यक्रममा लहान–२१ का वडाध्यक्ष राजकुमार यादवको सहजीकरण रहेको थियो । हावाहुरीका कारण घरबारविहीन तथा आंशिक रूपमा क्षति पुगेका परिवारलाई लक्षित गर्दै दैनिक उपभोग्य सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।

प्रति परिवार ३० केजी चामल, २ केजी सेतो मटर, २ केजी नुन, १ लिटर तेल, ५ केजी आलु, एकरएक थान तन्ना, झुल र म्याट वितरण गरिएको थियो । उक्त सामग्रीले प्रभावित परिवारको तत्काल आवश्यकतामा राहत पु¥याउने विश्वास लिइएको छ ।

कार्यक्रममा लायन्स क्लबका विभिन्न सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूमा चक्रपाणि दाल, सुदिप कुमार चौधरी, राकेश झा, ललित कुमार महतो, शंकर प्रसाद गुप्ता, फुलेश्वर महतो, राजकुमार सिंह, कोशिलेश कुमार चौधरी, लेखराज सिंह, डा. मिथिलेश तथा दीपेन्द्र कुमार सिंहलगायत रहेका थिए ।

आयोजक संस्थाहरूले आफूहरू विशुद्ध सामाजिक सेवामा समर्पित रहेको उल्लेख गर्दै विपद्का बेला समुदायसँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै, आगामी दिनमा पनि यस्ता मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्