विराटनगरस्थित विराट व्यापार संघको अध्यक्षमा प्रमोद कुमार अग्रवाल (जिन्दल) निर्वाचित भएका छन्।
बुधबार विराटनगरमा सम्पन्न संघको २६औं साधारण सभा तथा १३औं अधिवेशन ले अग्रवाललाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो। उनी यसअघि संघका वरिष्ठ उपाध्यक्ष थिए।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा श्यामलाल पौडेल (भवेष) चयन भएका छन्। उपाध्यक्षहरूमा प्रविण अग्रवाल (कागलीवाला), मनोहर कार्की, किरण ढुंगेल र सरस्वती दाहाल ओझा निर्वाचित भएका छन्।
महासचिवमा महेन्द्र खड्का, उपमहासचिवमा भोजराज निरौला, कोषाध्यक्षमा सुनिता गुरुङ र सह–कोषाध्यक्षमा अशोक पौडार (ख) चयन भएका छन्। सुनिता गुरुङ यसअघि पनि कोषाध्यक्षको जिम्मेवारीमा रहिसकेकी थिइन्।
नयाँ कार्यसमिति सदस्यहरूमा शिवरतन शर्मा जोशी, विपिन खतिवडा, महेन्द्र खेतान, रमा श्रेष्ठ, अनिष तोदी, अभिषेक गौतम, कुमारी सोनिया आचार्य, सुस्मिता थापा रिजाल, प्रेम पारख, सन्तोष दाहाल, कमल अग्रवाल र मो. अमजल हुसैन रहेका छन्।
कार्यक्रमको उद्घाटन हिक्मतकुमार कार्की ले गरेका थिए।
नयाँ नेतृत्वसँगै संघले व्यापारिक क्षेत्रको विकास र सशक्त प्रतिनिधित्वमा थप सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।