शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

<span class='c1'>शान्ति, ज्ञान र अहिंसाको मार्गमा</span> <span class='c2'>अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह</span>

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।

आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले शुभकामना दिँदै नेपाल भूमि बुद्धको जन्मस्थल भएकाले सधैं अहिंसा र शान्तिको पक्षमा उभिनुपर्ने बताए । उनले लेखेका छन्, ‘शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्म जयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु । बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ ।’ बुद्धले देखाएको बाटो नै दुःख निवारणको मार्ग भएको उल्लेख गर्दै ज्ञानको उज्यालोले अँध्यारो स्वतः हट्ने धारणा व्यक्त गरे ।

उनले लेखेका छन्, ‘बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो । उज्यालोको अभाव नै अँध्यारो होस जति बेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ । हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्