जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको छ : माधव नेपाल

<span class='c1'>जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै</span> <span class='c2'>गएको छ : माधव नेपाल</span>

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले वर्तमान सरकारमाथि जनअधिकार कमजोर बनाएको आरोप लगाएका छन् ।

शुक्रबार १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले एकपछि अर्को जनविरोधी तथा मजदुरविरोधी काम गरिरहेको आरोप लगाए । उनले जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको दाबी गरे । उनले भने, ‘वर्तमान सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छ । मजदुरविरोधी काम गरिरहेको छ । जनताको वासस्थान खोसिँदै गएको छ । रोजगारीको अधिकार पनि खोसिँदै गएको छ ।’ नेपालले सुकुम्बासी समस्यातर्फ पनि सरकारको ध्यानाकर्षण गराउँदै वास्तविक र नक्कली सुकुम्बासी छुट्याउने, तथ्यांक संकलन गर्ने र वैकल्पिक व्यवस्थाको खोजी नगरी दमनात्मक कदम चालिएको बताए ।

उनले भने, ‘सुकुम्बासी समस्या समाधान कसरी गर्ने ? वास्तविक र नक्कली सुकुम्बासी को हुन् भनेर छुट्याउने काम नगरी, तथ्यांक संकलन नगरी र वैकल्पिक व्यवस्था नखोजी दमन गर्ने कामलाई जायज भन्न सकिँदैन ।’ उनका अनुसार रोजगारीको अभावका कारण युवाहरू विदेशिन बाध्य छन्, जसका कारण कतिपय नेपाली कामदारको शव स्वदेश फर्किनुपर्ने अवस्था दुःखद रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्