बालेन डोजर लिएर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छ : दुर्गा प्रसाईँ

<span class='c1'>बालेन डोजर लिएर सुकुम्वासी बस्तीमा होइन,</span> <span class='c2'>लिपुलेक–कालापानी जानुपर्छ : दुर्गा प्रसाईँ</span>

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सरकारले राष्ट्रिय सीमा सुरक्षाभन्दा सुकुम्वासी व्यवस्थापनलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

पोखराबाट फर्किएका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रसाईँले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री बालेन शाहप्रति लक्षित टिप्पणी गरेका हुन् । उनले सुकुम्वासी बस्ती हटाउन डोजर चलाउनु भन्दा लिपुलेक–कालापानी क्षेत्रमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘भोलीदेखि भारत र चीनले मानसरोबरको बाटो खोल्दैछन् । नेपाली सेनालाई त्यहाँ पठाउनु नि ? आफ्नो भूमि फिर्ता ल्याउनुपर्दैन ? ग्रेटर नेपालको नक्सा लगाएको होइन बालेन शाहले मेयर हुँदा ? त्यो भूमि किन फिर्ता ल्याइँदैन ? नेपाली सेना आज सुकुम्वासी वस्तीमा कि लिपुलेक कालापानीमा हुनुपर्ने ? बालेन कहाँ छन् ? बालेन डोजर लिएर सुकुम्वासी बस्तीमा होइन लिपुलेक कालापानीमा हुनुपर्ने हो ।’ प्रसाईँले सरकारको सुकुम्वासीप्रति व्यवहारप्रति पनि आलोचना गर्दै गरिबमाथि अन्याय भएको बताए ।

‘गरिबहरूलाई जसरी रुवाइएको छ, त्यो देख्दा दुःख लाग्छ,’ उनले भने, ‘अर्काको निजी जग्गामा बस्न नदिने भनिन्छ, तर उनीहरू जाने ठाउँ खोलाको किनारमै हुन्छ । घर भनेको सबैको सपना हो । घर नभए सरकारी जग्गामा बस्नुपर्ने बाध्यता हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्