अनामनगर धोवीखोला किनारमा रहेको साततले भवनमा डोजर चल्यो

<span class='c1'>अनामनगर धोवीखोला किनारमा रहेको</span> <span class='c2'>साततले भवनमा डोजर चल्यो</span>

काठमाडौं । काठमाडौं अनामनगरस्थित धोवीखोला किनारमा रहेको चर्चित साततले भवनमा अन्ततः डोजर चलाइएको छ ।

आइतबार खोला तथा नदी किनारामा बनेका अतिक्रमित संरचना हटाउने अभियानअन्तर्गत उक्त भवन भत्काउने काम गरिएको हो । घरधनीले नक्सा पास भएको र नियमित कर तिर्दै आएको दाबी गरेपछि सरकारले उक्त विषयमा थप अध्ययन गरेको थियो । धोवीखोला किनारामा विगतदेखि नै अनधिकृत संरचना बढ्दै जाँदा पानीको बहाव अवरुद्ध हुने, बाढीको जोखिम बढ्ने र वातावरणीय समस्या उत्पन्न हुने गरेको थियो। सोही समस्यालाई ध्यानमा राख्दै सरकारले अतिक्रमण हटाउने अभियान तीव्र बनाएको हो।

यस अभियानअन्तर्गत अन्य संरचनाहरू पनि क्रमशः हटाइने सम्बन्धित निकायले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्