विराटनगर । विराटनगरका २३ वर्षीय अमन कुमाल हाल नोबेल अस्पताल मा गम्भीर अवस्थामा उपचाररत छन्। विराटनगरको कञ्चनबारी क्षेत्रमा भएको दुर्घटनापछि उनको अवस्था अत्यन्त नाजुक बनेको चिकित्सकहरूले बताएका छन्।
डाक्टरका अनुसार उनको ज्यान बचाउन तत्कालै ठूलो आर्थिक सहयोग आवश्यक पर्ने भए पनि परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन कठिनाइ भइरहेको छ।
यसैबीच, अमनका परिवारले उनको उपचारका लागि सबैसँग सहयोगको अपिल गरेका छन्।
सहयोग गर्न चाहनुहुन्छ भने:
परिवारले सानो–सानो सहयोगले पनि अमनको जीवन बचाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।