विराटनगरमा फुटपाथ व्यवस्थापनसँगै चिन्तामा छन मोची पेसा अपनाउने

<span class='c1'>विराटनगरमा फुटपाथ व्यवस्थापनसँगै चिन्तामा</span> <span class='c2'>छन मोची पेसा अपनाउने</span>

सोनु साह
विराटनगर । विराटनगर बजार क्षेत्रका फुटपाथमा वर्षौंदेखि जुता–चप्पल सिउँदै आएका चमार समुदायका व्यवसायीहरू यतिबेला अन्योल र चिन्तामा परेका छन्। महानगरपालिकाले फुटपाथ खाली गराउने अभियान थालेसँगै उनीहरूको दैनिक जीविकोपार्जनमै असर पर्ने डर बढेको हो।

विशेषगरी ट्राफिक चोक आसपास क्षेत्रमा बसेर काम गर्दै आएका उनीहरूका लागि यही पेसा आम्दानीको मुख्य स्रोत रहँदै आएको छ। वैकल्पिक रोजगारीको अवसर नहुँदा दैनिक गुजारा चलाउन पनि उनीहरू यही काममा निर्भर छन्। तर अहिले फुटपाथ खाली गराउने अभियान सुरु भएपछि “अब कहाँ बसेर काम गर्ने” भन्ने चिन्ता उनीहरूमा बढ्दै गएको छ।
जुत्ता चप्पल सिउनेहरूका अनुसार लामो समयदेखि एउटै स्थानमा बसेर काम गर्दा ग्राहकहरूलाई “यहाँ जुता–चप्पल सिलाइन्छ” भन्ने जानकारी भइसकेको थियो। तर अहिले स्थान परिवर्तन गर्नुपर्ने अवस्था आएपछि नयाँ ठाउँमा व्यवसाय चल्ने–नचल्ने अन्योल रहेको उनीहरूको गुनासो छ।

यता, विराटनगर महानगरपालिकाले भने फुटपाथ व्यवस्थित गर्ने क्रममा साना व्यवसायीहरूलाई वैकल्पिक स्थानमा व्यवस्थापन गर्ने योजना अघि सारेको जनाएको छ। महानगरका नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार जुत्ता–चप्पल सिउने काम पूर्ण रूपमा हटाउने निर्णय नभएको स्पष्ट पारिएको छ। उनका अनुसार उनीहरूलाई सोही क्षेत्रमा तर फुटपाथभन्दा भित्री भागमा बसेर सेवा दिन सकिने व्यवस्था मिलाइनेछ।

पौडेलले जुत्ता सिउने कामलाई व्यापारभन्दा सेवा मूलक कार्यका रूपमा हेरिएको बताउँदै अनावश्यक रूपमा फुटपात अतिक्रमण नगर्न आग्रह गरे। साथै पर्स, बेल्ट जस्ता सामग्री झुण्ड्याएर बेच्ने कार्य भने अनुमति नहुने र त्यस्तो पाइएमा हटाइने चेतावनी पनि उनले दिए। महानगरले वैशाख ११ गतेदेखि सुरु गरेको फुटपाथ व्यवस्थापन अभियान अहिले तीव्र रूपमा अघि बढिरहेको छ। बाँकी क्षेत्रहरूमा समेत क्रमशः व्यवस्थापन गर्दै जाने महानगरको योजना रहेको जनाइएको छ। फुटपाथ व्यवस्थापनले शहरको सौन्दर्य र यातायात सहजता बढाउने अपेक्षा गरिए पनि साना तथा परम्परागत व्यवसायीहरूको रोजीरोटी जोगाउने विषय भने चुनौतीपूर्ण बन्दै गएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्