सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रहरीले ४ सय ४० किलोग्राम गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सोमबार राति नियमित चेकजाँचका क्रममा को १ च ७३५९ नम्बरको एम्बुलेन्स जाँच गर्दा प्लास्टिकको बोरामा प्याक गरी राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार उक्त एम्बुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा।लि। द्वारा सञ्चालित रहेको खुलेको छ। गाँजा बरामद भएपछि चालक तथा घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।