विराटनगरका बुद्धि प्रधानले रचे अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान

<span class='c1'>विराटनगरका बुद्धि प्रधानले रचे</span> <span class='c2'>अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान</span>

विराटनगर । नेपाली क्रिकेटका लागि गर्वको क्षण सिर्जना गर्दै विराटनगरका बुद्धि प्रधानले ५० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अम्पायरिङ गर्ने पहिलो नेपालीको इतिहास रचेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् अन्तर्गत विभिन्न देशबीच भएका खेलहरूमा लगातार जिम्मेवारी निभाउँदै आएका प्रधानले नेपाली अम्पायरिङलाई विश्व क्रिकेटमाझ नयाँ उचाइमा पुर्‍याएका हुन् । नेपाल क्रिकेटको विकासमा खेलाडी मात्र होइन, अम्पायरिङ क्षेत्रमा पनि नेपालीले अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्छन् भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् ।

क्रिकेटप्रतिको लगाव र अनुशासनका कारण परिचित प्रधान विराटनगरका शैक्षिक क्षेत्रमा समेत सक्रिय छन् । उनले विराटनगरमा विद्यालय सञ्चालन गर्दै शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाइरहेका छन् । खेलकुदसँगै शिक्षामा समेत योगदान दिइरहेका कारण उनी युवापुस्ताका लागि प्रेरणाका स्रोत बनेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) तथा क्रिकेट प्रेमीहरूले प्रधानको उपलब्धिलाई नेपाली क्रिकेट इतिहासकै विशेष उपलब्धिका रूपमा लिएका छन् । सामाजिक सञ्जालमा पनि उनलाई बधाई दिनेहरूको संख्या उल्लेख्य देखिएको छ । नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा अम्पायरिङ गर्ने व्यक्तिहरू सीमित रहेका बेला बुद्धि प्रधानको यो उपलब्धिले आगामी पुस्ताका नेपाली अम्पायरहरूलाई अझ ठूलो सपना देख्न प्रेरणा दिने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्