१४८ वर्षदेखि विराटनगरमा सुकुम्बासी बसोबास, महानगरमा ४ हजारभन्दा बढी घरधुरी

<span class='c1'>१४८ वर्षदेखि विराटनगरमा सुकुम्बासी बसोबास,</span> <span class='c2'>महानगरमा ४ हजारभन्दा बढी घरधुरी</span>

सोनु साह
विराटनगर । विराटनगर महानगरपालिका भित्र सुकुम्बासी समुदायको बसोबास १४८ वर्षअघिदेखि रहेको तथ्य फेला परेको छ। महानगरपालिकाले संकलन गरेको विवरणअनुसार वडा नं. ४ स्थित बनलौरी टोलका १२५ घरधुरी वि.सं. १९३५ सालदेखि बसोबास गर्दै आएका हुन्।

महानगरपालिकाको वातावरण शाखाका अधिकृत गोपाल निरौलाका अनुसार वडाबाट प्राप्त विवरणका आधारमा महानगरभित्र १९३५ सालदेखि नै सुकुम्बासी बस्ती रहेको पुष्टि भएको हो। उनका अनुसार हालसम्मको तथ्यांकअनुसार विराटनगर महानगरपालिकाभित्र ४ हजार १ सय ३२ घरधुरी सुकुम्बासी बसोबास गर्दै आएका छन्।

महानगरका १८ वटा वडामा सुकुम्बासी बस्ती रहेको पाइएको छ। वडा नं. २ र ३ बाहेक अन्य सबै वडामा विभिन्न संख्यामा सुकुम्बासी परिवार बसोबास गर्दै आएको निरौलाले जानकारी दिए।

महानगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार वडा नं. १ मा २९८ घरधुरी, वडा नं. ४ मा ४३५, वडा नं. ५ मा २९३, वडा नं. ६ मा १२७, वडा नं. ७ मा १ सय ९६, वडा नं. ८ मा २ सय २५, वडा नं. ९ मा ४५, वडा नं। १० मा २ सय ४०, वडा नं। ११ मा १५०, वडा नं। १२ मा ३ सय ४, वडा नं। १३ मा १९, वडा नं। १४ मा ९८, वडा नं। १५ मा ३ सय ६४, वडा नं. १६ मा १ सय २, वडा न.। १७ मा १ सय ७५, वडा नं. १८ मा ३ सय ६० तथा वडा नं. १९ मा ७ सय १ घरधुरी सुकुम्बासी बसोबास रहेको उल्लेख गरिएको छ।

निरौलाका अनुसार बाँकी वडाको विवरण संकलन गर्ने कामसमेत जारी रहेको छ। केन्द्र सरकारले सुकुम्बासी बस्तीलाई व्यवस्थित बनाउने उद्देश्यसहित देशभर विवरण संकलन कार्यलाई तीव्रता दिएको छ। महानगरले संकलन गरेको विवरणमा वि।सं। १९४५ सालदेखि २०७२ सालसम्म विभिन्न समयमा बसोबास गर्न आएका सुकुम्बासी बस्तीहरूको उल्लेख रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्