विराटनगरकी नुररानीको साबुन विश्वस्तरमा प्रमाणित

<span class='c1'>विराटनगरकी नुररानीको साबुन</span> <span class='c2'>विश्वस्तरमा प्रमाणित</span>

विराटनगर । रासायनिक पदार्थ मिसिएका सौन्दर्य तथा सरसफाइ सामग्रीप्रति विश्वभर चासो बढिरहेका बेला नेपाली उत्पादनले अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण सफलता हासिल गरेको छ। विराटनगर स्थायी घर भई विगत १४ वर्षदेखि हेटौँडालाई कर्मथलो बनाउँदै आउनुभएकी महिला उद्यमी नुररानी ढुङ्गेल द्वारा स्थापित उद्योग ‘मदर्श म्याजिक’ले अमेरिकाको प्रतिष्ठित संस्था “पर्यावरणीय कार्य समूह” बाट आफ्ना साबुनका लागि ‘नन्-टक्सिक’प्रमाणीकरण प्राप्त गरेको हो।

स्वास्थ्य र वातावरणमैत्री उत्पादनको अवधारणालाई प्राथमिकतामा राख्दै आएको ‘मदर्श म्याजिक’ले ‘N’Auरा’ ब्रान्डअन्तर्गत पूर्ण रूपमा केमिकल-रहित, सुरक्षित तथा प्राकृतिक साबुन उत्पादन गर्दै आएको छ। उक्त ब्रान्डअन्तर्गत हाल लालीगुराँस, कफी, श्याफ्रन टर्मरिक, ल्याभेन्डर, हिमालयन पिंक साल्ट, ओट्स एण्ड हनी, गोट मिल्क, चारकोल, बीयर तथा हेम्प गरी १० प्रकारका साबुन बजारमा उपलब्ध रहेका छन्।

नेपाली कच्चा पदार्थ र स्वदेशी प्रविधिको प्रयोगबाट उत्पादन गरिएका यी साबुनहरूले अमेरिकी संस्थाबाट ‘नन्-टक्सिक’ प्रमाणीकरण प्राप्त गर्नु नेपाली उद्योग क्षेत्रका लागि गौरवको विषय बनेको छ। विशेषगरी नेपाली बजारमा रासायनिक उत्पादनहरूको प्रयोग बढिरहेका बेला स्वदेशमै निर्मित सुरक्षित तथा वातावरणमैत्री ब्रान्डले अन्तर्राष्ट्रिय मान्यता पाउनु उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ।

उद्योगकी संस्थापक तथा सञ्चालक नुररानी ढुङ्गेलले उपभोक्ताको स्वास्थ्य र वातावरणप्रति आफूहरू पूर्ण रूपमा जिम्मेवार रहेको बताउँदै आगामी दिनमा साबुनसँगै ह्यान्ड वास तथा घर सरसफाइका अन्य सामग्री पनि बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो।

‘N’Auरा’ ब्रान्डका साबुनहरू अनलाइन प्लेटफर्म दराज मार्फत उपलब्ध छन् भने काठमाडौंस्थित “बिग मार्ट” र भाटभटेनी सुपरमार्केट मा समेत बिक्री हुँदै आएका छन्।

नेपाली महिलाको नेतृत्वमा सुरु भएको यो स्वदेशी ब्रान्डले अहिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चिनाउन सफल भएको भन्दै सामाजिक सञ्जालमा समेत व्यापक प्रशंसा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्