विराटनगर । विश्वकै नम्बर १ सिसिटिभि ब्रान्ड हिकभिजनको अत्याधुनिक अनुभव केन्द्र अब विराटनगरमा निर्माण हुने भएको छ। नियोटेरिक नेपाल को आधिकारिक डिलर मल्टिप्लेक्स इन्फो सिस्टम ले ग्राहकहरूलाई आधुनिक सुरक्षा प्रविधिको प्रत्यक्ष अनुभव गराउने उद्देश्यसहित उक्त अनुभव केन्द्र निर्माण गर्न लागेको हो।
निर्माणाधीन अनुभव केन्द्र मा हिकभिजन का विश्वस्तरीय सिसिटिभि क्यामेरा,मिनमो डिभाइसहरू, स्मार्ट लकसहितको भिडियो डोरबेल प्रदर्शन, प्रवेश नियन्त्रण प्रणाली लगायतका स्मार्ट सुरक्षा समाधानहरू लाईभ डेमो सहित उपलब्ध गराइने बताइएको छ। विशेषगरी भिडियो डोरबेल र स्मार्ट लक को व्यावहारिक प्रदर्शन मार्फत ग्राहकहरूले कल रिसिभ गर्ने गर्ने,ढोका खोल्ने गर्ने तथा विभिन्न सुरक्षा सुविधाहरू प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन्।

कम्पनीका अनुसार अनुभव केन्द्रको मुख्य उद्देश्य ग्राहकहरूलाई सुरक्षा प्रविधिको वास्तविक गुणस्तर प्रत्यक्ष अनुभव गराउँदै आफ्नो घर, कार्यालय, पसल वा व्यवसायका लागि उपयुक्त प्रोडक्ट छनोट गर्न सहज बनाउनु हो।

यस केन्द्रमार्फत ग्राहकहरूले खरिदअघि नै विभिन्न सुरक्षा उपकरणको तुलना, परीक्षण तथा प्रयोगात्मक अनुभव लिन पाउने भएकाले सुरक्षा समाधानप्रति विश्वास अझ बढ्ने अपेक्षा गरिएको छ।
अब विराटनगरमै विश्वस्तरीय सुरक्षा प्रविधिको अनुभव लिन सकिने भन्दै कम्पनीले ग्राहकहरूलाई आधुनिक र भरपर्दो सुरक्षा समाधान छनोट गर्न आग्रह गरेको छ।
थप जानकारीका लागि: 9852051000

