साइबर ब्यूरोको सुस्त कार्यशैली : उजुरी दिएको सात महिनासम्म पनि भएन कारवाही

<span class='c1'>साइबर ब्यूरोको सुस्त कार्यशैली : उजुरी</span> <span class='c2'>दिएको सात महिनासम्म पनि भएन कारवाही</span>

जनकपुर । जनकपुरधामको जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीमाथि प्रश्न उठाएका छन् ।

आइतबार जानकी मन्दिरमै पत्रकार सम्मेलन गर्दै महन्त दासले करिब सात महिना पहिला २०८२ साल कार्तिक महिनाको ९ गते साइबर ब्यूरोको कार्यालयमा पुगेर दिएको उजुरीमा हालसम्म कुनै कारवाही नभएको गुनासो गर्दै ब्यूरोको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । उनले एक वर्ष अघि कसैले जानकी मन्दिरको नाममा र एउट आफ्नो व्यक्तिगत नामको फेक फेसबुक प्रोफाइल बनाएर आफ्नो र मन्दिरको नाम बदनाम गर्ने सामग्री तथा स्टाटसहरु पोस्ट हुँदै गरेको बताए ।

सो कुराको जानकारी भएपछि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउनुका साथै काठमान्डौको भोटाहिटीस्थित साइबर ब्यूरो कार्यालयमै उजुरी दर्ता गराएको उनले जानकारी दिए ।तर सात महिना भन्दा बढी बितिसक्दा पनि उक्त फेक प्रोफाइलहरु सुचारु अवस्थामै रहेको र सो फेक प्रोफाईल बनाउने पनि नसमातिएकामा छोटे महन्त दासले ब्यूरोको कामकारबाही माथि प्रश्न उठाएका छन्।मन्दिरको गरिमामा र आफ्नो व्यक्तिगत छवीमाथि घात पुर्याउने सामग्रीहरु पोस्ट भइरहेकाले मन्दिर र श्रद्धालुहरुको मनमा नराम्रो असर परिरहेको महन्त दासको भनाइ छ । उनले आफ्नो फेक प्रोफाइलबाट खासगरी महिलाहरुलाई फ्रेन्ड रिक्वेस्ट पठाइने गरेको जानकारी दिए ।

पटक पटक आफ्नो चरित्र हत्याहुने पोस्टहरु फेक प्रोफाइलबाट हुने गरेकाले आफू मानसिक तनावको सिकार भएको छोटे महन्त दासले सुनाए ।
महन्त दासले पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जनतालाई त्यस्ता फेक प्रोफाइलबाट कुनै फ्रेन्ड रिक्वेस्ट आए एसेप्ट नगर्न र ब्लक तथा रिर्पोट गर्न आग्रह गरेको साथै उनले साइबर ब्यूरोलाई फेक प्रोफाईल ब्लक गर्न लगाई अपराधीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्